घिउमा हुन्छ औषधीय गुण

काठमाडौं । घिउ दहीलाई मथेर निकालिएको नौनीलाई पगालेर वा खारेर बनाइन्छ । गाईभैँसीको दुधबाट बन्ने एक पौष्टिक तत्वको रुपमा घिउलाइ लिइन्छ ।

घिउ स्वस्थ्य र फुर्तिलो शरिरका लागि खाने गर्दछ । यसले शरिरलाई फर्तिलो र स्वस्थ्य मात्र होइन मोटो शरिरलाई समेत छरितो बनाउन मद्धत गर्दछ । घिउले शरिरमा भएको मोटोपनालाई घटाएर फुर्तिलो बनाउछ । त्यतिमात्र नभई नियमित घिउको सेवन गर्नाले विभिन्न रोग निको हुने बताइन्छ ।

घिउका औषधीय गुण
कपाल दुखेमा
गाईको घ्यू पाँच चम्चा कराईमा तताउनु र सात गेडा मरिच डडाउनु र छानेर राख्नु । टाउको दुखेको बेलामा घ्यू कंचटमा दल्नु ठीक हुन्छ ।
जाडोले कामज्वरो आएमा
एक डाडु घ्यूमा एक चम्चा मरिचको धूलो डडाएर कपुर २–४ पुरिया हालेर शरीर भरी मालिस गरेमा शरीर तातेर आउँछ र ठीक हुन्छ ।
आँखा धमिलो र फूलोमा
गाइको घ्यूमा नीमको फूलको गाजल बनाएर लगाउने गरेमा धमिलो र फूलो समेत काट्न धेरै मद्दत गर्नेछ ।
खानामा अरुची भएमा
घ्यूमा नीमको कमलो ८१० वटा पात तारेर खाएमा जस्तो अरुचीमा पनि खाना खान मन लाग्नेछ ।
आँखाको कमजोरीमा
राम्रो शुद्ध बेसारको धूलोलाई गाईको घ्यूमा मुछेर बेलुका सुत्ने बेला लगाउने गरेमा आँखा रातो भएको, घाउ भएको, जालो हुन लागेको धमिलो भएको आदि १्२ हप्तामा निको गर्छ र सँधै लगाएमा आँखाको कहिल्यौ खराबी हुँदैन ।
शूल भएमा, धेरै दीसा लागेमा
जीराको धूलो, ५० ग्राम, सिदेनूनको धूलो ५० ग्राम र घ्यूमा फुराएको हिङ १० ग्रामको धूलो सबै मिसाएर मनतातो पानीसँग १्१ चम्चा मह अथवा घ्यूमा मिसाएर दिनको ३्४ पटक रोग अनुसार मात्रा मिलाई खाएमा दीसा धेरै लागेको ठीक हुन्छ ।
सेतो दुवी आएमा
रायोको धूलो गाईको घ्यूमा फिटेर मलम बनाउने र त्यस ठाँउमा बिहानरबेलुका लगाउने गरेमा बिस्तारै सेतो दुवी ठीक हुन्छ ।
ओठ फुट्ने भएमा
एक चम्चा घ्यूमा एक चिम्टी नून हालेर तताएर राख्नुहोस् र ओठ फुटेको बेलामा दिनको २र४ पटक लगाउनु होस् । सुत्नेबेलामा नाइटोमा घ्यू लगाएर सुत्ने गरेमा पनि ओठ फुट्दैन ।

तातो पानीमा घ्यू मिसाएर पिउनुका फाइदाहरु
१. तपाईलाई भनौं कि घिउ मिसाएर तातो पानी पिउनाले तपाईको मेटाबोलिजम बढ्छ । यसले सजिलै बोसो घटाउँछ। यसले पेटको बोसो घटाउन मद्दत गर्छ।
२. पानीमा घिउ मिसाएर पिउने हो भने छालामा चमक आउनुका साथै टाइटनेस पनि हुन्छ । यसले छालालाई परिष्कृत गर्ने काम गर्छ । यसले रक्तसञ्चार सुधार गर्छ।
३. तातो पानीमा घिउ मिसाएर पिउनुहोस् किनभने यसमा भिटामिन ई पाइन्छ जसले आँखालाई स्वस्थ राख्न प्रभावकारी साबित हुन्छ। यसले आँखाको ज्योति तेज बनाउँछ ।
४. साथै घिउ र तातो पानी पिउँदा रोग प्रतिरोधात्मक क्षमता पनि मजबुत हुन्छ । यसमा एन्टिअक्सिडेन्ट बढाउँछ, जसले संक्रमणबाट हुनवाट बचाउँछ । यस सन्दर्भमा घिउ राम्रो साबित हुन्छ।