फेरि थप १४ सहित आज एकै दिनमा २४ जनामा कोरोना संक्रकित भएको पुष्टी

२९ बैशाख, काठमाडौं । नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६, बर्दियामा १ र सर्लाहीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका हुन् ।
कपिलवस्तुको यशोधरा गाउँपालिका – ८ र वुद्धभूमि नगरपालिका – ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
त्यस्तै रुपन्देहीको सम्मरीमाइ गाउँपालिका – ७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
बर्दिया राजापुर नगरपालिका – ५ कि ११ वर्षकी बालिकामा पनि कोरोना संक्रमण देखिएको छ ।
सोमबार विहानमात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कपिलवस्तुमा आज मात्रै १६ जनामा कोरोना संक्रमण देखिएको छ । रुपन्देहीमा यसअघि एक जनामा संक्रमित देखिएकामा सोमबार ६ जना थपिएको हो ।
बर्दियामा भने पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।
सप्तरीमा आज दिउँसो साढे एक बजे वि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानको प्रयोग शालामा गरिएको परीक्षणमा डाप्नेस्वरी नगरपालिका ३ का १८ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको थियो । यस नेपाल जम्मा संक्रमितको संख्या १३४ पुगेको भने यसै संख्या भित्रमा निको हुने को संख्या ३३ पुगेको बताइएको छ ।