लिओनल मेसी र र विश्व विजेता अर्जेन्टिनी फुटबल टिमले लाउरेस वर्ल्ड स्पोर्ट्स अवार्ड प्राप्त

२६ वैशाख, काठमाडौं । अर्जेन्टाइन सुपर स्टार लिओनल मेसी र र विश्व विजेता अर्जेन्टिनी फुटबल टिमले लाउरेस वर्ल्ड स्पोर्ट्स अवार्ड प्राप्त गरेका छन् ।

मेसीले ‘मेन्स स्पोर्ट्स पर्सन अफ दि इअर’को अवार्ड जित्दा उनी सहितको टिमले ‘टिम अफ दि इअर’को अवार्ड प्राप्त
गरे । मेसी एकै संस्करणमा दुई लाउरेस अवार्ड जित्ने पहिलो खेलाडी समेत बने ।

मेसीको कप्तानीमा अर्जेन्टिनाले गत डिसेम्बरमा कतारमा भएको फिफा विश्वकप जितेको थियो । कतार विश्वकपमा ७ गोल गरेका मेसीले उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल समेत जितेका थिए । अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई पराजित गर्दै ३६ वर्षपछि पहिलो पटक विश्वकप उपाधि जितेको थियो ।

यस्तै महिलातर्फ जमैकन स्प्रिन्टर शेली अन फ्रेजर प्राएसले लाउरेस अवार्ड प्राप्त गरिन् । उनले ओरेगनमा जुलाईमा भएको वर्ल्ड एथ्लेटिक्स च्याम्पियनसिपमा १०० मिटर दौडमा स्वर्ण जितेकी थिइन् । उनी वर्ल्ड एथ्लेटिक्स च्याम्पियनसिपमा ट्रयाक एण्ड फिल्डमा ५ स्वर्ण जित्ने पहिलो महिला खेलाडी समेत बनेकी थिइन् ।

यस्तै लाउरेस वर्ल्ड ब्रेथग्रो अफ दी इअरको अवार्ड स्पानिस युवा टेनिस खेलाडी कमर्लोस अल्कारेजले प्राप्त गरे ।

कमब्याक अफ दि इअरको अवार्ड डेनिस फुटबलर क्रिस्टियन एरिक्सनले पाए ।

डिसाबिलिटी अवार्ड क्याथरिन डेब्रनर र एक्सन स्पोर्ट्सपर्सन अफ दि इअरको अवार्ड एलिन गुले जितिन् ।