संघीय संसद्को बजेट अधिवेशन आह्वान

काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन आह्वान गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २४ गते अपराह्न ४ बजे बैठक बस्ने गरी अधिवेशन आह्वान गरेका हुन् ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । संसद्को हिउँदे अधिवेशन यही वैशाख १५ गते अन्त्य भएको थियो ।

संसद् सचिवालयले बुधबार सूचना जारी गर्दै राष्ट्रपतिले बैठक आह्वान गरेको र वैशाख २४ गते बैठक बस्ने जानकारी गराएको छ ।