कर्णाली काँग्रेसमा बिबाद चुलियो

बैशाख, १६, सुर्खेत । नेपाली काङ्ग्रेस कर्णाली प्रदेशको संसदिय बोर्डको मिटिङले सरकारमा तिनजना ब्यक्तिलाई नियुक्त गर्ने सिफारिस गरेपछि प्रदेश काङ्ग्रेसको बिबाद केन्द्रसम्म पुगेको छ । माननीय राजीवविक्रम शाह र जानकी सिंहले तिनजना सभासदलाई सरकारमा पठाउने निर्णय गलत भएको र सिनियरहरुलाई पाखा लगाएको आरोप लगाएकाछन । आफू सभासद मात्र नभएर केन्द्रीय सदस्य पनि भएकोले आफुहरु अपमानित भएको भनेर आफ्ना केहि शुभचिन्तक सहित केन्द्रीय सभापति शेरबहादुर देउवा समक्ष गुनासो गरे ।

सभापति देउवाले पनि एकदिन सपथ रोकेर भोलिपल्ट मिलाउने भन्दाभन्दै प्रदेश सभापति ललितजङ्ग शाही र संसदीय दलका नेता जीवनवहादुर शाहीले नवनियुक्त मन्त्रीलाई हतारमा सपथ गराएको सभापति देउवा प्रदेश काङ्ग्रेससँग चिढिएकाछ्न । यसरी प्रदेश काङ्ग्रेस र केन्द्र काङ्ग्रेसको बिबाद झन्झन् चुलिदै गएको छ ।