सांसद डा. स्वर्णिम वाग्लेले अर्थ समितिमा

१५ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद डा. स्वर्णिम वाग्लेले अर्थ समिति रोजेका छन् ।

सभामुख देवराज घिमिरेले संसदीय समितिमा रहने सांसदहरुको नाम शुक्रबार संसदमा पढेर सुनाएका थिए ।

अर्थ समितिमा रहेका वाग्लेले शुक्रबार नै सांसदको पद तथा गोपनीयताको सपथ लिएका थिए ।

उक्त समितिमा कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्की, विनोद चौधरी दिपक खड्का, अञ्जनी श्रेष्ठ, सन्तोष चालिसे लगायत
छन् । एमालेबाट प्रमुख सचेतक पद्म गिरी अर्थ समितिमा छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीले अर्थ समिति रोजेका छन् ।