उपनिर्वाचनबाट निर्वाचित तीन जना प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ हुँदै

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको आज शपथ हुने भएको छ । वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट निर्वाचित तीन जना सदस्यहरुको बिहान साढे ११ बजे पद तथा गोपनीयताको शपथ हुन लागेको हो ।

उनीहरुलाई सभामुख देवराज घिमिरेले कानून समितिको हलमा पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ । उपनिर्वाचनमा बारा २ बाट उपेन्द्र यादव, चितवन २ बाट रवि लामिछाने र तनहुँ १ बाट स्वर्णिम वाग्ले निर्वाचित भएका
थिए ।