बाजुरामा मध्यराति दुई पटक भूकम्पको धक्का सुतेका मानिसहरु आत्तिएर घर बाहिर

१५ वैशाख, काठमाडौं । नेपालका बिभिन्न भूभागमा भूकम्पका धक्का आईरहने क्रमा हिजो राती बाजुरामा मध्यराति दुई पटक भूकम्प गएको छ ।

राति ११ः५८ बजे ४.९ म्याग्निच्युडको र राति १ः३० बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । दुवै भूकम्पको केन्द्रविन्दु बाजुराको दहकोटमा थियो ।

मध्यरातमा भूकम्प आएपछि मानिसहरु आत्तिएर घर बाहिर निस्किएका थिए । भूकम्पको धक्का बाजुरासँगै आसपासका जिल्लामा पनि महसुस भएको
थियो । भूकम्पले क्षति पुर्याएरनपुर्याएको एकीन हुन सकेको छैन ।