Breaking News

पूर्वलडाकुलाई पैसा होइन रोजगारी दिऊँ – डा. शेखर कोइराला

१४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले माओवादी पूर्वलडाकुलाई राहत रकम दिने तयारीको विरोध गरेका छन् ।

सामाजिक संजाल फेसबुकमार्फत उनले विरोध गरेका हुन् । ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरुको तलब र पूर्व शिक्षकहरुको पेन्सन दिनसमेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य हुनै सक्दैन ।

विगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाब किताब बुझाउन नसकेको र द्वन्द्वकालीन समस्या समाधान लम्बिएको उल्लेख गर्दै उनले पूर्वलडाकुलाई राहत रकम दिने निर्णय रोक्नुपर्ने बताएका छन् ।
त्यसैले पूर्वलडाकुलाई पैसा होइन रोजगारी दिऊँ ।’