संसदीय समितिको भागवण्डा मिल्यो

११ वैशाख, काठमाडौं । संसदीय समितिको भागवण्डा मिलेको छ ।

संसदका प्रमुख तीन दलका शीर्ष नेताहरुबीच सिंहदरबारमा भएको छलफलमा एमालेले तीन वटा समितिको सभापति लिने सहमति भएको छ ।

एमाले प्रमुख सचेतक पदम गिरीका अनुसार संयुक्त समितिमध्ये संसदीय सुनुवाइको सभापति नेपाली कांग्रेसले लिनेछ भने राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिको सभापति एमालेले लिनेछ ।

यस्तै प्रतिनिधि सभाको १० वटा विषयगत समितिमध्ये एमालेले सार्वजनिक लेखासहित २ वटाको सभापति पाउनेछ ।