बारा–२ मा केहीबेरमा मतगणना सुरु हुने

बारा । बारा–२ मा केहीबेरमा मतगणना सुरु हुने भएको छ । केहीबेर अघि बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो ।
मतगणना उत्तरतर्फ रहेको कोहल्वी नगरपालिका वडा नम्बर ८ बाट शुरु गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।