काठमाडौँ । नेपाल क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा १०० विकेट पूरा गरेका छन् । एसीसी प्रिमियर कपमा ओमानविरुद्धको खेलमा आज अदिल शफिकलाई आउट गर्दै सन्दीपले ओडिआई इतिहासकै दुर्लभ कीर्तिमान बनाएका हुन् ।
उक्त कीर्तिमान तोड्दै सन्दीप अब ओडिआईमा सर्वाधिक छिटो ४२ खेलमा एक सय विकेट लिने पहिलो खेलाडी बनेका हुन् । ओडिआईको दुर्लभ कीर्तिमानी आफ्नो नाममा बनेपछि सन्दीपले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान ढोगेका थिए । सन्दीपले सेलिब्रेसन अन्य खेलाडीले साथ दिए । उनीहरुले सन्दीपलाई उचालेपछि सन्दीपले हात हल्लाएर सेलिब्रेसनगरे ।
पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३१० रन बनाएको छ। जितको लागि ३ सय ११ रनको लक्ष्य पछ्याएको ओमान १७ ओभरमा ४ विकेट गुमाउँदै ७४ रन बनाएको छ ।