काठमाडौँ । आज मातातिर्थ औसी (अर्थात् आज आमाको मुख हेर्ने दिन) आज काठमाडौ जिल्लाको चन्द्रागिरि नगरपालिका– ६ वडास्थित मातातीर्थ कुण्डमा हिवो दिउँसोदेखि मृत आफ्नी आमाके पृतु शान्तिको लागि ठूलो मात्रामा भक्तजनहरुको घूइचो लागेको छ । देशभरीबाट हिजो नै मातातिर्थ कुण्डमा आएर आफ्नी मृत आमो नाममा दियो बालेर रातभरी जागाराम बसेर आज श्रद्धागरी आमालाई सम्झने गरिन्छ । साथै आजै कुण्डमा स्नान गर्ने तथा दर्शन गरेर आमालाई सम्झने गरिन्छ साथै हिजोबाट नै सो कुण्डमा भक्तजनको घुइँचो लागिरहेको छ । कुण्डबाट २ किलोमिटर तल गुज्रुधारसम्म, कुण्डबाट भुकण्डेचोरसम्म, कुण्डबाट अरिबन्द आश्रमसम्म भक्तजनहरुको लामले मातातिर्थस्थलमा मान्छेहरुको भिड लागेको छ ।
प्रत्येक वर्ष बैशाख कृष्णपक्ष औँशीका दिन जन्मदाता आमालाई सम्मान गरी मनाइने मातातीर्थ औँशीमा मातातीर्थ कुण्डमा स्नान गर्ने तथा आमाको प्रतिमाको दर्शन गर्ने भक्तजनको हिजो रातीदेखि नै घुइँचो लागेको छ ।
मातातीर्थ संरक्षण तथा विकास संस्थाले भक्तजनलाई व्यवस्थितरुपमा कुण्डमा स्नान गर्ने व्यवस्था मिलाएको छ । पाँच लाखभन्दा बढी भक्तजनले मेला भर्ने अनुमान गरिएको
छ । मातातीर्थ कुण्डमा दर्शन गरेमा आमा दिवङ्गत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने विश्वास रहेकाले भक्तजन मातातीर्थ आउने गरेको किम्वदन्ती छ ।
आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनस्बाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।
छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाले भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् । मातातीर्थ मेलाका अवसरमा आज चन्द्रागिरि नगरपालिकाले आफ्नो नगरपालिकाभित्र सार्वजनिक बिदासमेत दिएको छ ।