टेलिकमले नेपाल विद्युतप्राधिकरणको स्मार्ट मिटरमा प्रयोग गर्न १ लाख ५० हजार थान ई–सिमउपलब्ध गराउने

नेपाल टेलिकमले नेपाल विद्युतप्राधिकरणको स्मार्ट मिटरमाप्रयोग गर्नकालागि १ लाख ५० हजार थान ई–सिमउपलब्ध गराउने भएको छ । यस सम्बन्धमादुई संस्थाबीचआज (२०८० बैशाख७गते) एक सम्झौता सम्पन्नभएको छ ।

सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुखव्यावसायिकअधिकृत संगीता पहाडी र नेपालविद्युतप्राधिकरणको तर्फबाटवितरण तथाग्राहक सेवानिर्देशनालयकानिर्देशकअच्युतबाबु घिमिरेले हस्ताक्षर गर्नुभयो ।

सो अवसरमाप्रमुखव्यावसायिकअधिकृत संगीता पहाडीले नेपालविद्युतप्राधिकरणसँगको व्यावसायिक सहकार्यकालागिहार्दिक धन्यवाद ज्ञापन गर्दै सहकार्य निरन्तर रहने विश्वास व्यक्तगर्नुभयो ।

नेपालविद्युतप्राधिकरणका निर्देशकअच्युतबाबु घिमिरेले पहिलेदेखि नै स्मार्ट मिटरमा नेपाल टेलिकमको सिमप्रयोग भइरहेकोमाआगामीदिनमानयाँप्रविधियुक्त ई–सिममार्फत सेवाउपलब्धहुने भएकोमाखुशीव्यक्तगर्नुभयो ।

नेपालविद्युतप्राधिकरणले विद्युतमहशुल सम्बन्धीजानकारीकालागि स्मार्ट मिटरको प्रयोग गरिरहेको छ । यसको सहयोगले कार्यालयबाटै विद्युतखपतबारेमाजानकारी लिन सकिनुका साथै लाइन काट्न र विद्युत चुहावट नियन्त्रण लगायतकाकार्य गर्न सहयोग पुग्दछ । ई–सिमले प्राधिकरणको सिस्टम र स्मार्ट मिटरको बीचमा सञ्चार सुविधाउपलब्ध गराउन सहयोग गर्छ । १०० एम्पियरसम्मक्षमताभएकाथ्री फेज ग्राहकहरुकालागि ई–सिमप्रयोग गरिने छ । नेपाल टेलिकमले नेपालविद्युतप्राधिकरणलाई यस अघि पनि स्मार्ट मिटरप्रयोजनकालागि ५३हजार थानसिमउपलब्ध गराइसकेको छ ।