राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि आज भारत लगिने भएको छ।
उनलाई अबको केही समयभित्र श्री एयरको विमानमार्फत भारत लैजान लागिएको राष्ट्रपति प्रेस सल्लाहकार किरण पौडेलले जानकारी दिए।
उनको नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचार हुनेछ।