६ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि पुनः त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरेर उपचार थालिएको छ ।
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था असहज भएकाले अस्पतालमा भर्ना गरिएको शिक्षण अस्पतालका प्रशासनले जानकारी दिएको छ। ।
राष्ट्रपति पौडेलको छातीको तल्लो भागमा संक्रमण देखिएको छ । त्यसबेला अल्ट्रासाउण्डको सहायताले पानी निकालेर परीक्षण गरिएको
थियो ।
विशेषज्ञ चिकित्सका अनुसार छातीको तल्लो भागमा पानी देखिनुले निमोनिया, टिबी तथा क्यान्सर हुनसक्ने संकेत गर्छ । तर सोमबार राष्ट्रपति पौडेलको छातीको तल्लो भागबाट निकालिएको पानी परीक्षणको रिपोर्ट के आयो भन्ने खुलाइएको छैन ।
पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल १८ चैतमा पनि पाँच दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।