Breaking News

नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ९९ जनामा कोरोना संक्रमण पुष्टि ४ जना भेन्टिलेटरमा

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६०४ जनामा गरिएको नमुना परीक्षणमा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ४ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा ३७, आईसीयुमा ११ जना रहेका छन् ।