२१ चैत, काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प आज अदालतमा उपस्थित हुँदै गर्दा अमेरिकाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
ट्रम्पका समर्थकहरुले प्रदर्शनको तयारी गरेपछि न्यूयोर्क, म्यानहटनलगायतका स्थानमा हजारौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको
छ । गएराति ट्रम्प फ्लोरिडाबाट न्यूयोर्क पुगेर बास बसेका छन् । त्यहाँबाट उनी अदालत जानेछन् ।
न्यूयोर्क प्रहरीले सुरक्षालाई मध्यनजर गर्दै आवश्यक प्रबन्ध मिलाएको भन्दै कुनै किसिमको खतरा नभएको जनाएको छ ।
७६ वर्षीय ट्रम्पले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । आफ्नो बचाउका लागि उनी अदालतमा उपस्थित हुन लागेका हुन् । फौजदारी अभियोग लागेका अमेरिकाका पहिलो राष्ट्रपति ट्रम्प अदालतमा उपस्थित हुन लागेको क्षणलाई अत्यधिक चासोको रुपमा हेरिएको
छ ।