Breaking News

सभामुखको विशेष अधिकार कटौतीबारे सहमति खोज्न सांसदहरुबीच समझदारी

काठमाडौं । संसदीय नियमावलीमा प्रतिनिधि सभाका सभामुखको विशेष अधिकार कटौतीबारे सहमति खोज्न सांसदहरुबीच समझदारी भएको छ ।

शनिवार सभामुख र दलका सचेतकहरुबीच भएको छलफलमा सभामुखको अधिकार कटौती गर्ने गरी दर्ता गरिएका संशोधन प्रस्तावमा सुधार गर्ने समझदारी बनेको हो ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार संसद्को कार्य व्यवस्था परामर्श समितिको बैठक निरन्तर राख्ने पनि सहमति भएको छ ।

कांग्रेस, माओवादी, रास्वपा, जसपा, एकीकृत समाजवादीलगायत सत्तारूढ दलका सांसदले संशोधन प्रस्ताव दर्ता गराएका थिए भने एमालेका सांसदले यसलाई अव्यवहारिक भनेका थिए । तर, हिजो सत्ता पक्ष विपक्षाका सांसदबीच भएको दफावार छलफलपछि सो सहमति जुटेको हो ।