जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने सरकारको घोषणा विरुद्धको रिट निवेदनलाई दर्ता गर्न आदेश

१६ चैत, काठमाडौं । सर्वोच्च अदालतले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने भनी सरकारले गरेको घोषणा विरुद्ध परेको रिट निवेदनलाई दर्ता गर्न आदेश दिएको छ ।

न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले रिट निवेदन दर्ता नगर्ने भनी अदालत प्रशासनले गरेको आदेशलाई बदर गरेको हो ।

अधिवक्ता ज्ञानेन्द्र आरण लगायतले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णयले हिंसालाई प्रोत्साहन गरेको भन्दै त्यसलाई बदर गर्न माग गरी सर्वोच्च अदालतमा निवेदन पेश गरेका थिए ।

अदालत प्रशासनले निवेदन दर्ता गर्न अस्वीकार गरेको थियो ।