मिटरब्याज पीडित र सरकारले गठन गरेको टोलीबीच भोलि बिहीबार वार्ता हुने

महोत्तरीको बर्दिबासबाट हिँडेरै काठमाडौं आइपुगेका मिटरब्याज पीडित र सरकारले गठन गरेको टोलीबीच भोलि बिहीबार वार्ता हुने भएको छ।

सरकारले अस्ति मंगलबार गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखाकी प्रमुख सहसचिव रूद्रादेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो। टोलीमा गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङसहित प्रधानमन्त्री कार्यालय र कानुन मन्त्रालयका प्रतिनिधि समेत छन्।

संयोजक शर्माले आज बिहान १० बजे मिटरब्याज पीडितसँग मन्त्रालयमा वार्ता हुने तय भएको जानकारी दिइन्।

यसअघि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मिटर ब्याजलाई अपराध मान्ने गरी कानुन संशोधन गर्ने निर्णय गरेको छ।