९ चैत, काठमाडौं । भक्तपुरमा दुई जना भारतीय नागरिकसहित १६ जना जुवाडे तीन लाख बढी नगदसहित पक्राउ परेका छन् ।
मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीस्थित एक क्याफेबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई बुधबार साँझ नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक चौतरा साँगाचोकगढी नगरपालिका-१२ घर लोकन्थली बस्ने ४९ वर्षीय टिकाराम गिरी, जुगल गाँउपालिका-५ घर भई कौशलटार बस्ने ४६ वर्षीय जितबहादुर विश्वकर्मा, सिन्धुपाल्चोककै त्रिपुरासुन्दरी गाँउपालिका-६ घर भई कोटेश्वर बस्ने ३५ वर्षीय नवराज बोहरा, जुगल-१ घर भई थिमी बस्ने ३२ वर्षीय सन्तोष श्रेष्ठ, सुनकोशी-९ घर भई काँडाघारी बस्ने ५८ वर्षीय कसाङ लामा रहेका छन् ।
मकवानपुर हेटौडा-१८ घर भई लोकन्थली बस्ने ३५ वर्षीय कृष्ण बहादुर मोक्तान, सोही ठाउँ घर भई कोटेश्वर बस्ने ३० वर्षीय विक्रम ब्लोन मोक्तान, दोलखा कालिन्चोक-३ घर भई थिमी बस्ने ३९ वर्षीय कृष्ण बुढाथोकी, रसुवा गोसाईकुण्ड गाँउपालिका-६ घर भई काभ्रेको बनेपा बस्ने ३९ वर्षीय छवाङ वाईवा, भारत घर भई कुपण्डोल बस्ने ३२ वर्षीय मदन मण्डल र ३० वर्षीय सुनिल कुमारलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । जुवा खालबाट प्रहरीले नेपाली २ लाख ४२ हजार ८५० र ४८ हजार ५०० भारतीय रुपैयाँ र १६ बुक तास पनि बरामद गरेको छ । पक्राउ परेका १६ जनालाई परिसर भक्तपुरमै थुनामा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
अनलाइनखबरबाट