सडक निर्माणको बिषयमा पलाताको राडुनेटामा पालिका अध्यक्ष र वडाध्यक्षबीच झडप

२७ वैशाख, पलाता, कालिकोट । कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बम माथि हातपात भएको बुझिएबको छ । सडक निर्माणको क्रममा भएको वादविवादले ठुलो रुप लिएपछि गाउँ पालिका अध्यक्ष बममाथि हात भएको बताइएबकमो छ ।
स्थानीय र अध्यक्ष लक्ष्मणबमको बिवादले उग्र रूप लिएपछि झडप भएको हो । झडपका क्रममा आधा दर्जन घाईते भएका छन् । स्थानीयबासीका अनुसार राडुनेटा देखि धौलागाउँ हुंदै खिन छहड्नेसम्मको सडक निर्माणका क्रममा विवाद भएको हो । झडपमा दुबै पक्षका घाइेत भएको स्थानीयले बताएका छन ।
लक डाउनको समयमा गाउँपालिका अध्यक्ष लक्ष्मण बमले वडा अध्यक्षलाई जानकारी नदिई काम गर्ने खोजेको भन्दै वडा न. १ का अध्यक्ष मान बहादुर भण्डारीले अध्यक्षलाई हातपात गरेको र त्यसपछि विवाद बढेको बढेको थियो । दुबै पक्षको झडले गर्दा अबस्था तनाबग्रस्त भएपछि जिल्ला सदरमुकाम मान्मबाट शसस्त्र प्रहरी, रास्कोट र पचालझरना गाउँपालिकाबाट पनि प्रहरीको टोलि त्यहाँ पुगेको बताइएको । एक वडा अध्यक्ष मान बहादुर भण्डारी र गाउँपालिका अध्यक्ष लक्ष्मण बम विचकोे मनमुटाव विगत लामो समयदेखि हुदै आएको थियो । झडपपछि वडा अध्यक्ष मान बहादुर भन्डारी भागेका छन् । तर विस्तृत बिवरण आउन भने बाँकी नै छ ।