म माथिको आक्रमण र धम्कीले विरोध र असहमतिप्रति सम्मान रहनेछ

काठमाडौं । नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता तथा पूर्वमन्त्री इन्द्र आङ्बोले लोकतान्त्रिक ब्यबस्थामा शान्तिपूर्ण रुपमा गरिने बिरोध असहमतिप्रति आफ्नो सम्मान रहने बताएका छन् ।

प्रदेश १ को नाम कोशी कायम गरिएपछि असन्तुष्ट पक्षले पुनः नामकरणको माग राख्दै आन्दोलन जारी राखेका छन् । यसै क्रममा पूर्वमन्त्री आङ्बोलाई आन्दोलनरत समूहले आज ज्यान मार्ने धम्की दिएका थिए ।

माओवादी केन्द्र जिल्ला समन्वय समिति ताप्लेजुङको बैठकलाई सम्बोधन गर्न ताप्लेजुङ पुगेका आङ्बोमाथि आक्रमणको प्रयास गर्दै आन्दोलनरत पक्षले ज्यान मार्ने धम्की दिएको भिडियो सार्वजनिक भएको छ ।

उक्त घट्नापछि ओङ्बोले आफुले स्वभाविक रुपमा लिएको बताएका छन् । ‘जो सङ्ग सबैभन्दा बढी अपेक्षा बिश्वास र भरोसा हुन्छ अपेक्षित परिणाम हासिल नहुँदा उसैप्रति आक्रोश, घृणा, आबेग व्यक्त हुनुलाइ मैले स्वभाविक रुपमा लिएको छु’ सामाजिक सञ्जाल फेसबुकमार्फत आङ्बोले लेखेका छन् ‘हामीले ल्याएको यो लोकतान्त्रिक ब्यबस्थामा शान्तिपूर्ण रुपमा गरिने बिरोध असहमतिप्रति मेरो सधै सम्मान रहनेछ । धन्यवाद !’