लकडाउनकै समयभित्र फिल्म राहत निर्माण

२७ बैशाख, पोखरा । लकडाउनका कारण कोही चलचित्रकर्मी घरमा आराम गरेर बसिरहेका छन् भने केही नयाँ क्रियसन गरिरहेका छन् । यस्तैमा पोखराका चलचित्रकर्मीहरुले लकडाउनको समयमा छोटो फिल्म ‘राहत’ निर्माण गरेका छन् । रेम रसाईली, बिभु भुषाल र अनिसा श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको फिल्म ‘राहत’ नेत्र गुरुङले निर्देशन गरेका हुन् । यस अगाडि ठूलो पर्दाको ‘नाइके’ नामक फिल्म बनाएका गुरुङले ‘राहत’मा लकडाउनबाट पीडित मजदुरको कथा समेटेका छन् । राज्यले बाडेको राहत असली पिडितले नपाएर जनप्रतिनिधिका आसेपासेले रजाई गरेको बिषयमा फिल्मले ब्याङ्ग्य गर्न खोजेको निर्देशक गुरुङले बताएका छन् ।