एमाले र एकीकृत समाजवादी मिल्नुको बिकल्प छैन

प्रकाश रोकाया

३, चैत्र, कालीकोट, मान्म । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा स्ववीयू निर्वाचन हुने गइरहेको छ । तर मध्यपश्चिम विश्वबिद्यालय अन्तर्गतका क्याम्पसहरुमा एकाएक स्ववीयु निर्वाचन रोकिएको छ । यसै क्रममा कालिकोटको मान्मामा नेकपा एमाले निकट अनेरास्ववियु र नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले गरेको संयुक्त कार्यक्रम जिल्ला सदरमुकाम मान्ममा आयोजना भएको छ । मध्यपश्चिम विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त र आंगिक क्याम्पसहरुमा हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमाका सन्दर्भमा उक्त कार्यक्रम आयोजना गरिएको अनेरास्ववियु केन्द्रिय सदस्य जलसा कुमारी वुढाले हामीलाई बताएकी छन् ।

नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) का प्रदेश तथा जिल्ला स्तरका नेताहरुका साथै दुबै तिरका विद्यार्थी नेताहरुको उपस्थितिमा आयोजना भएको उक्त कार्यक्रममा अनेरास्ववियूका पूर्वकेन्द्रीय सदस्य तथा एमाले कर्णाली प्रदेश कमिटी सदस्य प्रकाश रोकायाले अनेरास्ववियूले आफ्नो गौरबशाली इतिहास कायम गर्नु पर्ने बताए । उनले भने, आफ्ना राजनीतिक जीबनका १८ बर्ष अनेरास्ववियूमा बिताएको स्मरण गर्दै राष्ट्रिययताको पहरेदार, शैक्षिक आन्दोलनको नेता अनेरास्ववियू बिद्यार्थीहरुको मुलप्रवाह भएको समेत बताएका थिए ।

राजनीतिक वा अरु जुनसुकै प्रवाहमा समेत स्पष्ट तथा प्रर्खर वक्ता नेता रोकायाले मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा चुनाव स्थगित गर्नु विश्वविद्यालयको लाचारीपन हो र चुनाब जहिले भएपनि अनेरास्ववियूले चुनावमा हार्ने छुट नभएको बिचार व्यक्त गरेका थिए । रोकायाले दुबै अनेरास्ववियू एकै ठाउँमा आएर एमाले र एस बीच एकताका लागि दबाब सिर्जना गरेको बताउदै यो सन्देश देशैभर फैलाउनु पर्ने समेत बताए ।

कार्यक्रममा नेकपा एमालेका कालीकोट जिल्ला अध्यक्ष जसी प्रसाद पाण्डे, नेकपा (एस) कालीकोट जिल्ला कमिटीका अध्यक्ष विश्वराज वम, खाँडाचक्र नगरपालिकाका मेयर कमल बहादुर शाहीले मन्तव्य राख्दै बिभाजित कम्युनिस्ट आन्दोलन त्यसमा पनि एमाले र एस बीच एकताका लागि यो कार्यक्रम महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय सदस्य जलसा कुमारी बवुढाले २०१९ सालमा स्थापना भएको अनेरास्ववियू बिद्यार्थीहरुको बाघ संगठन भएको बताउदै आफ्नो बिरासत कायम गर्न चुक्न नहुने बताइन । केन्द्रीय सदस्य बुढाले मध्य पश्चिम विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा तत्काल चुनाव हुनुपर्नेमा विश्व विद्यालय प्रसाशनको ध्यानाकर्षण गराउदै शिक्षा क्षेत्रमा उत्पन्न बिकृति, बिसंगति, अपारदर्शी लगायतका विषयलाई सुधार्न अनेरास्ववियुले चुनाव जित्नै पर्ने रहेको बताइन । उनले दुबै अखिल बीचको सहकार्य खाली चुनाब उपयोगमा मात्रै सिमित नरहेर एकतासम्म ढिलो चाडो जाने कुरा आफुलाई विश्वास समेत रहेको बताइन ।

अमित मल्लको अध्यक्षता र जीबन मल्लले संचालन उक्त कार्यक्रममा अनेरास्ववियूका पूर्व नेताहरु कमल शाही, चित्रसिह गाउँले, तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्र बहादुर शाही लगायत नेता तथा कार्यकर्ताहरुको बाग्लो उपस्थिति थियो ।