उपराष्ट्रपति नदबहादुर पुन दहचोकस्थित निजी निवासमा सरे

२ चैत, काठमाडौं । उपराष्ट्रपति नदबहादुर पुन बिहीबार काठमाडौंको दहचोकस्थित निजी निवासमा सरेका छन् ।

बिहीबार दिउँसो १ बजे उनी लैनचौरस्थित उपराष्ट्रपति निवासबाट चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित निजी निवासमा सरेका हुन् ।

३ चैतमा नयाँ उपराष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ । उपराष्ट्रपति निवासको आवश्यक मर्मत तथा सरसफाइ सहजताका लागि पुनले सरकारी निवास खाली गरिदिएको उनका प्रेस संयोजक मनोज घर्तीमगरले बताए ।

३ चैतमा निर्वाचित उपराष्ट्रपतिले पदभार ग्रहण नगर्दासम्म पुन निजी निवासबाटै उपराष्ट्रपति कार्यालयमा आउजाउ गर्नेछन् ।