डीडीसी दूधको मूल्य प्रतिप्याकेट पाँच रुपैयाँ ५० पैसा बढाएर ४८ रुपैयाँ ५० पैसा कायम

काठमाडौं । दुग्ध विकास संस्थानले डीडीसी दूधको मूल्य बढाएको छ । संथानले डीडीसी ‘स्ट्यान्डर्ड’ दूधको मूल्य प्रतिप्याकेट पाँच रुपैयाँ ५० पैसा बढाएर ४८ रुपैयाँ ५० पैसा पु¥याएको हो ।

यो मूल्य चैत २ गते आजदेखि लागु गरिएको संस्थानले जानकारी दिएको छ । संस्थानले यसअघि बिक्री गर्दै आएको डीडीसी दूधको मूल्य प्रतिप्याकेट ४३ रुपैयाँ थियो । उपभोक्ताले अब डीडीसीको एक प्याकेट दूध खरिद गर्दा ४८ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ ।

लिटरमा भने डीडीसी स्ट्यान्डर्ड दूधको मूल्य ११ रुपैयाँले वृद्धि भएको संस्थानका निमित्त उपमहाप्रबन्धक तथा सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले बताए ।

मूल्यवृद्धि हुनुअघि डीडीसी दूधको मूल्य प्रतिलिटर ८६ रुपैयाँ थियो । आजदेखि प्रतिलिटर ९७ रुपैयाँ पर्नेछ । डीडीसीले काठमाडौं उपत्यकामा चार किसिमका दूधहरू बिक्री गर्दै आएको छ । अरू दूधको मूल्य भने आई सकेको छैन ।