यसवर्षको ९५ औं ओस्कार अवार्डमा ‘एभ्रिथिङ एभरिवेयर अल एट वन्स’ सर्वोत्कृष्ट फिल्म घोषित

काठमाडौं । यसवर्षको ९५ औं ओस्कार अवार्डमा ‘एभ्रिथिङ एभरिवेयर अल एट वन्स’ सर्वोत्कृष्ट फिल्म घोषित भएको छ । नेपाली समयानुसार आज बिहान भएको ओस्कार अवार्ड समारोहमा मौलिक पटकथा र निर्देशकसहित सात विधामा यो फिल्मले पुरस्कार जित्यो ।

यो फिल्मले एक चिनियाँ-अमेरिकी लाउन्ड्री ब्यवसायको मालिकले उसको लेखापरीक्षकसँग गर्ने संघर्षको कथावस्तु पेश गर्छ । यो विजय इन्डी स्टुडियो ए-ट्वान्टी फोरको लागि ऐतिहासिक विजय हो, जसले फिल्मको कमाइलाई १०० मिलियन डलरसम्म पुर्‍यायो । आर्टहाउस फिल्मको बजार खुम्चिएको बेला यो आश्चर्यजनक उपलब्धी हो ।

‘एभ्रिथिङ एभरिवेयर अल एट वन्स’बाट अभिनेत्री मिसेल योह ओस्कारमा सर्वश्रेष्ठ अभिनेत्री बन्ने दोस्रो गैरश्वेत अभिनेत्री घोषित भइन् । साथै, यो विधा जित्ने पहिलो एसियाली अभिनेत्री । यो सम्मान उनलाई मार्सल आर्ट र ‘क्राउचिङ टाइगर हिडन ड्रयागन’ र ‘एस म्याडम’जस्ता एक्सन फिल्मको लामो करिअरपछि प्राप्त भयो ।

अवार्ड ग्रहण गर्दै मिसेलले भनिन्, ‘महिला साथीहरु तपाईंहरुले कहिल्यै नभन्नूस कि मेरो महत्वपुर्ण समय पुरा भयो । आज राती हेरिरहेका म जस्तै देखिने सबै साना केटा र केटीहरूका लागि यो आशा र सम्भावनाको किरण हो’ उनले थपिन् ।  अवार्ड सूची :

सर्वश्रेष्ठ फिल्म – एभ्रिथिङ एभरिवेयर अल एट वन्स
सर्वश्रेष्ठ अभिनेत्री – मिसेल योह (एभ्रिथिङ एभरिवेयर अल एट वन्स)
सर्वश्रेष्ठ अभिनेता – ब्रेन्डन फ्रेजर (द व्हेल)
सर्वश्रेष्ठ निर्देशक – ड्यानियल क्वान, ड्यानियल शिनर्ट (एभ्रिथिङ एभरिवेयर अल एट वन्स)
सर्वश्रेष्ठ सम्पादन – पल रोजर्स ((एभ्रिथिङ एभरिवेयर अल एट वन्स)

सर्वश्रेष्ठ मौलिक गीत – नाटू नाटू (आरआरआर)
सर्वश्रेष्ठ ध्वनी – टपगन माभेरिक
सर्वश्रेष्ठ एडप्टेड स्क्रिनप्ले – वुमन टकिङ (सारा पोली)
सर्वश्रेष्ठ मौलिक पटकथा – ड्यानियल क्वान र ड्यानियल स्किनर्ट (एभ्रिथिङ एभरिवेयर अल एट वन्स)

सर्वश्रेष्ठ भिजुअल इफेक्ट – अवतार द वे अफ वाटर
सर्वश्रेष्ठ ओरजिनल स्कोर – अल क्वाइट अन द वेस्टर्न फ्रन्ट
सर्वश्रेष्ठ प्रोडक्सन डिजाइन – अल क्वाइट अन द वेस्टर्न फ्रन्ट
सर्वश्रेष्ठ डकुमेन्ट्री सर्ट फिल्म – द एलिफेन्ट विह्स्पर्स

सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिचर फिल्म – अल क्वाइट अन द वेस्टर्न फ्रन्ट (जर्मनी)
सर्वश्रेष्ठ कस्ट्युम डिजाइन – ब्ल्याक प्यान्थर वाकाण्डा फरेभर
सर्वश्रेष्ठ मेकअप एण्ड हेयरस्टाइलिङ – द ह्वेल
सर्वश्रेष्ठ डकुमेन्ट्री फिचर फिल्म – नाभाल्नी

सर्वश्रेष्ठ सहायक अभिनेत्री – के ह्यु क्वान (एभ्रिथिङ एभरिवेयर अल एट वन्स)
सर्वश्रेष्ठ एनिमेटेड फिचर फिल्म – गुइलेमो डेल टोराको पिनोचियो

अनलाइनखबरबाट