आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दै

आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा आफ्नो तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ।

पछिल्लो समय उत्कृष्ट लयमा रहेको नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे पीएनजी विरूद्ध दोस्रो खेल खेल्न लागेको हो।

विश्वकप लिग टूको शीर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका दुई खेलमा शतप्रतिशत जितको नतिजा निकाल्नुपर्ने हुन्छ।

पीएनजीलाई यहीँ सिरिज अन्तर्गतको पहिलो खेलमा हराएको नेपालले आजको खेलमा समेत सोही लयलाई निरन्तरता दिन चाहन्छ।

नेपालले सिरिजको पहिलो खेलमा पीएनजीलाई ५२ रनले हराएको थियो। आफ्नो दोस्रो खेलमा आइतबार युनाइटेड अरब इमिरेट्स (यूएई) लाई १७७ रनलेको फराकिलो अन्तरले पन्छाउँदै चौथो स्थानमा उक्लिएको छ।

नेपाल त्रिवि क्रिकेट मैदानमा लिग–२ को पछिल्लो ६ खेलयता अपराजित छ । र, पीएनजीविरुद्ध मैदान उत्रिँदा नेपाल सोही लयलाई कायम राख्ने लक्ष्यमा हुनेछ ।