काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचकमा भारी वृद्धि भएको छ । यस दिन नेप्से सूचक ५० अंकमाथिले बढ्दै २ हजार अंकको विन्दुमा उक्लिएको हो ।
हाइड्रोपावर समूहको उपसूचक सबैभन्दा बढी ३.५९ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको उपसूचक ३.४६ प्रतिशतले, इन्भेष्टमेन्ट समूहको उपसूचक ३.२६ प्रतिशतले र जीवन बीमा समूहको उपसूचक ३.२२ प्रतिशतले बढेका
छन् ।
बैंकिङ समूहको उपसूचक १.८२ प्रतिशतले बढेको यस दिन विकास बैंक २.९७ प्रतिशतले, होटल तथा पर्यटन समूहको उपसूचक २.१७ प्रतिशतले, माइक्रोफाइनान्स समूह २.९९ प्रतिशतले, म्युचुअल फन्ड प्रो १.५३ प्रतिशतले, म्युचुअल फन्ड २.३१ प्रतिशतले, निर्जीबन बीमा समूह २.९० प्रतिशतले, ट्रेडिङ समूह २.०७ प्रतिशतले र अन्य समूहको उपसूचक २.२१ प्रतिशतले बढेका छन् ।
आज शिभम् पावर लिमिटेडका सेयरधनीले ९.९८ प्रतिशतले कमाएका छन् भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ का लगानीकर्ताले ५.८१ प्रतिशतले गुमाएका छन् ।