सुचिकारले कपडाका लागि नाप लिदै गरेको रामचन्द्र पौडेलको तस्बीर भाइरल

भोली फागुन २५ गते बिहीबार नयाँ राष्ट्रपतिका लागि आठ दलीय गठबन्धनका साझा उम्मेदवार रहेका नेकाँ नेता रामचन्द्र पौडेलको कपडा सिउने पसलमा कैद गरिएको तस्बिर अहिले सामाजिक सञ्जालभरी भाइरल नै भएको छ। तस्बिरमा सुचिकारले कपडाका लागि नाप लिइरहँदा साथमा नेता पौडेल मुस्कुराइरहेका देखिन्छन् ।

उक्त तस्बिरलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ‘भोलिको तयारी’ भन्दै शेयर गरिरहेका छन् ।