रियलको आत्मघाती गोलले बार्सिलोना बिजयी

१९ फागुन, काठमाडौं । कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले रियल मड्रिडलाई १–० ले पराजित गरेको छ ।

रियलको घरेलु मैदानमा बिहीबार राति भएको खेलमा रियलका खेलाडीले आत्मघाती गोल गर्दा पहिलो लेगमा बार्सिलोनाले जित हात पारेको
हो ।

रियलका डिफेण्डर एडर मिलिटाओले खेलको २६औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।

युरोपा लिगमा म्यानचेष्टर युनाइटेड र ला लिगामा अल्मेरियासँग पराजित भएको बार्सिलोनालाई यो जितले केही राहत मिलेको छ ।

रियल र बार्सिलोनाबीचको दोस्रो लेग अप्रिल ५ मा बार्सिलोनाको मैदानमा हुनेछ ।