प्रदेश नम्बर १ को नामाकरण कोशी प्रदेश : खुसीयालीमा आज सार्वजनिक बिदाको घोषणा

विराटनगर । प्रदेश नम्बर १ ले करिब ६ वर्ष पछि प्रदेशको नामाकरण गरेको छ । लामो रक्साकस्सीका बीच यो प्रदेशले प्रदेशको नाम कोशी प्रदेश नामकरण गर्न सफल भएको छ । हिजो बसेको प्रदेशसभा बैठकले साविक प्रदेश १ लाई कोशी प्रदेशमा नामाकरण गर्न सफल भएको हो । यसै खुसीयालीमा कोशी प्रदेशमा आज सार्वजनिक बिदाको घोषणा गरिएको छ ।

कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार आज बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मन्त्रालयले प्रदेश १ को कोशी प्रदेश नामकरण भएको उपलक्ष्यमा प्रदेशका सम्पूर्ण बासिन्दालाई बधाई ज्ञापन गर्दै बिदा घोषणा गरेको जानकारी दिएको छ । बुधबार भएको मतदानमा कोशी प्रदेशको पक्षमा ८२ र विपक्षमा ४ मत खसेको थियो ।