सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ । गुरुङ जिल्लाबाट नेपाली कांग्रेसबाट निर्वाचित सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दामा उनी दोषी ठहर भएका हुन् ।

सांसद गुरुङले उक्त जग्गामा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगले उनीविरुद्ध २०७५ माघ १२ गते मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले मंगलबार नेपाली कांग्रेसका सांसदसमेत रहेका गुरुङ र प्रभु साह नेतृत्वको आम आदमी पार्टीका नेता बद्रीप्रसाद न्यौपानेलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरू शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले पूर्व मन्त्रीद्धय गुरुङ र न्यौपानेसहित ९ जनालाई दोषी ठहर गरेको अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले बताए । गुरुङलाई भ्रष्टाचार निवारण ऐनको दफा २२ अनुसार मतियारको रुपमा दोषी ठहर गरिएको प्रवक्ता योगीले बताए ।

गुरुङलाई दोषी ठहर गरेपनि सजाय निर्धारणका लागि फागुन २५ गते पेशी तोकिएको उनले बताए । मुद्दा विचाराधीन रहेकै बेला उनी मंसिरमा भएको निर्वाचनमा मनाङबाट निर्वाचित भएका थिए ।