प्रधानमन्त्रीका शान्ति तथा मानव अधिकार सल्लाहकारमा गोविन्द बन्दी

जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले एउटा विज्ञप्ति जारी गर्‍यो।

संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को कार्यक्रममा सहभागी हुन आइपुगेको नेपाली प्रतिनिधि मण्डल र जेनेभामा भएका गतिविधिबारे जानकारी दिन सार्वजनिक गरिएको उक्त विज्ञप्तिमा टोलीको नेतृत्व गरेर गएका गोविन्दप्रसाद शर्मा कोइराला ९गोविन्द बन्दी० लाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का शान्ति तथा मानव अधिकार सल्लाहकार भनिएको छ।

सोही पदीय हैसियतमा बन्दीले आज परिषद्को उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने तय गरिएको छ।