तेह्रथुमको आठराई हातिखर्कमा भीषण आगलागी

विराटनगर । भरखरै तेह्रथुमको आठराई–६ चुहानडाँडाको हातिखर्कमा भीषण आगलागी भएको छ । प्राप्त समाचार अनुसार हालसम्म ७ वटा घर जलेर नष्ट भएको छ भने हालसम्म आगलागी नियन्त्रणमा आउन सकेको छ ।

जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ । अहिले आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।