बैंक ऋणीहरुले कर्जाको भाखा नाघेको ३० दिन भित्र सावा/ब्याज किस्ता बुझाउन पाउने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै ऋणीहरुलाई राहत दिने प्रयास गरेको छ । केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै ऋणीलाई राहत दिएको हो ।

नयाँ निर्देशन अनुसार कर्जाको सावा–ब्याज भुक्तान गर्नुपर्ने भाखा नाघेको ३० दिनसम्म हर्जन ब्याज लाग्ने छैन । केन्द्रीय बैंकले लागू गरेको यो व्यवस्था आगामी वर्ष २०८० सालको असार मसान्तसम्म लागू हुनेछ । तर, कर्जाको भाखा नाघेको ३० दिन भित्रको सावारब्याज नबुझाएको अवस्थामा भने हर्जाना लिन पाउने निर्देशनमा उल्लेख छ ।