बालुवाटारमा राष्ट्रपतिबारे चार दलको बैठक सकारात्मक ५ बजे पुनः बैठक बस्ने

१२ फागुन, काठमाडौं । बालुवाटारमा राष्ट्रपतिबारे चार दलको बैठक सकारात्मक भएको बुझिएको छ । बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीका नेताहरुबीच शुक्रबार विहान बालुवाटारमा छलफल भएको थियो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस महामन्त्री गगनकुमार थापाले विभिन्न विकल्पबारे छलफल भएको बताए । आ(आफ्नो दलमा छलफल गरेर फेरि ५ बजे बैठक बस्ने भन्दै उनले भने, ‘हामी एउटै निर्णय गर्छौं, एकैठाउँमा उभिन्छौं ।’