राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने जिम्मा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने जिम्मा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

यस्तै बैठकले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी, संविधानको रक्षा र शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन पनि राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको बताइएको छ ।