आइतबारबाट बैंकिङ क्षेत्रका सबै शाखा संचालन हुने

२६ वैशाख, काठमाडौं । कोरोना लकडाउनको कारण विगत डेढ महिनादेखि २ घन्टा मात्र समिति शाखाबाट कारोबार गर्दै आएको बैकिङ क्षेत्र अब आइतबारदेखि बैंकका सबै शाखा कार्यालयहरु खुला हुने भएका छन् । सरकारले लकडाउनकै बिच उद्योगहरु खुला गर्ने भएपछि बैंकहरुले पनि सबै शाखा कार्यालय खोलेर सेवा दिने भएका हुन् । यस अघि बैंकहरुले आंशिक रुपमा मात्रै सेवा प्रदान गरिरहेका थिए । एक दिन बानेश्वरको शाखा त अर्को दिन कोटेश्वर, अर्को दिन अर्कै ठाउँको शाखा कार्यालय खोलेर सेवा दिइरहेका बैंकहरुले अब भने सबै ठाउँका शाखाहरु खोल्ने नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिएका छन् ।
उनका अनुसार सबै ठाउँका शाखा कार्याल्यहरु खोल्न सबै बैंकहरुलाई अनुरोध गरिसकिएको छ । केहि साह्रै समस्यामा परेका शाखाहरुबाहेक अन्य खुला हुने अध्यक्ष दाहालले बताए ।
मन्त्रिपरिषद् बैठकले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सहकारीमार्फत् अति आवश्यकीय सेवा प्रवाह गर्नुपर्ने कार्यका लागि आवश्यक पर्ने कर्मचारीमध्ये एक तिहाई कर्मचारीद्वारा सेवा सञ्चालन गर्ने भनेर निर्णय गरेको थियो ।

सरकारी निर्ण अनुसार नै एक तिहाई कर्मचारी राखेर सेवा सुचारु गरिने उनले बताए । शाखा कार्यालयहरु खुला भए पनि सुरक्षाका आवश्यक सावधानीहरु भने अपनाइने बताए । उनका अनुसार एक पटकमा शाखा कार्यालयभित्र ५ जना भन्दा बढी सेवाग्राहीले प्रवेश पाउने छैनन् ।
माक्स र स्यानिजाइजर समेत कर्मचारी र सबै सेवाग्राहीका लागि अनिवार्य गरिने अध्यक्ष दाहालले बताए । ‘आइतबार अपबाद बाहेकका सबै शाखाहरु कार्यालयहरु खोलेर सेवा दिनेछौं, तर उच्च सुरक्षा सतर्कता अपनाउनु पर्नेछ ।