५ फागुन, काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको २३औं महाधिवेशन यही फागुन २ देखि ४ गते सम्म संचालन भएर आज
सकिदैछ । नयाँ नेतृत्व चयनका लागि गएराति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी भएका छन् ।
सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि गएराति विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो । निर्वाचनमा १५१७ मत खसेको थियो । ९६२ मत पाएर बडाल अध्यक्ष चुनिए । अर्का प्रत्यासी आरसी लामिछानेले ३५६ र मोती विकले ७८ मत पाए ।
यसैगरी अनेरास्ववियुको उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मार्यादा विष्ट, महासचिवमा नरेश रोकाया तथा कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन् ।
सचिवमा सन्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाईं, अन्जना शिवाकोटी, आरती भट्टराई र बिनिता काफ्ले चुनिएका छन् ।