४ फागुन, काठमाडौं । कम्बोडिया पठाइदिन्छु भन्दै १२ लाख रुपैयाँ ठगेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दैलेख भगवतीमाईका तोपेन्द्र सिंह रहेका प्रहरीले जनाएको छ ।
उनीसहितका व्यक्तिले ६ लाख रुपैयाँमा खर्चमा वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट १२ लाख रुपैयाँ ठगी गरेको प्रहरीको दाबी छ ।
गोंगबुबाट पक्राउ परेका सिंहलाई गरी मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २४९ ९१० र ९२०बमोजिमको कसूरमा कानुनी कारबाही गरी सोही संहिताको दफा २५४ बमोजिम थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकुमा राखिएको प्रहरीले जनाएको छ ।