नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनको को २३औं राष्ट्रिय सम्मेलन हिजोबाट काठमाण्डौमा सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रज्ञा भवन कमलादीमा एक कार्यक्रमबीच उद्घाटन गरेको सम्मेलन आजबाट बन्दसत्रमा परिणनत हुँदै नयाँ नेतृत्व चयनाका लागि प्रक्रिया सुरु भएको छ । अनेरास्ववीयूको २३औं राष्ट्रिय सम्मेलनमा बिद्यार्थी नेत्री जलशा कुमारी वुढाले केन्द्रीय कमिटी सदस्यमा उम्मेदवारी दिएकी छिन ।
हिजो उद्घाटन भएको अखिलको महाधिबेशनमा देशैभरीबाट १६०० भन्दा बढी प्रतिनिधिहरुको सहभागीता रहेको छ । अखिलको नेतृत्व चयनका लागि आजबाट सुरु भएको छ । १ सय ९९ पदका लागि उम्मेदवारी दिने प्रक्रिया सुरु भएको छ । नेतृ बुढा नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल क्रान्तिको केन्द्रीय सदस्य रहेकै बेला एमालेमा एकता सामेल भएकी जलशाले एकता प्रक्रिया निर्वाचन क्षेत्रबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी हुन । आज उम्मेदवारी दर्ता प्रक्रिया सकिएको छ भने भोली नेतृत्व चयनको लागि सम्मेलनमा सहभागी प्रतिनिधिहरुले मतदान गर्ने भएका छन । केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी विद्यार्थी नेतृ जलशा वुढाको जित सुनिश्चित रहेको सम्मेलनमा उपस्थित अधिकांश प्रतिनिधिहरुको मत रहेको छ । भोली सम्म उम्मेदवारी फिर्ता लिने समय समेत निर्धारण गरिएकोले उनी निर्विरोध निर्वाचित हुने संभावना पनि रहेको बुझिएको छ ।
नेतृ बुढा बैशाखमा एमालेमा सामेल भएकी थिइन् । गत बैशाख ३१ सम्म स्थानीयतह निर्वाचनान कालीकोट जिल्लाको पलाता गाउँपालिकाको उपाध्यक्षमा एमालेबाट उम्मेदवार समेत बनेकी थिइन । करिब १७ सय मत ल्याएर झिनो मतले पराजय भोगेकी वुढा एक कर्णालीबकै आशा लाग्दो महिला नेतृत्वको रुपमा सबैले हेरेका छन ।