हुकुमी शैलीमा चलेको, क्षमता र एजेण्डा नै नभएको सरकार

राजेन्द्र महत्तो

२६ वैशाख, काठमाडौं । आज बसेको प्रतिनिधि सभामा मन्तव्य राख्दै जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाइको सरकारले दुई कौडीको काम पनि नगरेको बताएका छन् । सरकार हुकुमी शैलीमा चलेको भन्दै क्षमता र एजेण्डा नै नभएको आरोप लगाए ।
सरकारप्रति आक्रोशित बनेका महतोले सरकारलाई पार्टी फुटाउने र कुर्सी जोगाउने भन्दा अरु कुनै कुरामा ध्यान नभएको आरोप पनि लगाए । उनले राजपालाई फुटाउन सरकार नै लागि परेपनि आफूहरुले उल्टै पार्टी एकता गरेर सरकारलाई ‘सरप्राइज’ दिएको व्यक्त गरेका थिए ।