राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति विस्तार गरेको छ। आज बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले तत्काल सरकारमा नजाने निर्णय गर्दै केन्द्रीय समिति सदस्य १६ जना थप गर्दै ४० सदस्यीय बनाएको हो ।
मनोनित हुनेमा निशा मेहता, विन्दवासिनी कंसाकार, रुपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ, टिका संग्रौला ज्वाला, हरि भट्ट, ध्रुब गिरी, लिमा अधिकारी, रमेश प्रसाईं, अर्जुन अधिकारी, क्रान्ति शिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्री छन् ।