Breaking News

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक अहिले पनि जारी छ । पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा दिउँसो साढे ३ बजे बैठक सुरु भएको थियो ।

महामन्त्री मुकुल ढकाल उपत्यका बाहिर भएपछि आजको बैठकमा सह–महामन्त्री बुर्लाकोटीले बैठकमा छलफलका एजेण्डा पेस गरेका
छन् । उनका अनुसार रास्वपाले समसामयिक राजनीति, सल्लाहकार समिति गठन, केन्द्रीय समिति विस्तार, विभाग गठनका विषयमा छलफल गर्दैछ ।

रास्वपामा अहिले २४ सदस्यीय केन्द्रीय कमिटी छ । रास्वपाले केन्द्रीय समिति बढाउने बुर्लाकोटीले बताए ।