नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकका लागि पदाधिकारीहरु पोखरामा

१७ माघ, पोखरा । नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकका लागि पदाधिकारीहरु पोखरा आइपुगेका छन् ।

बोर्ड बैठक १२ बजेदेखि लेकसाइडस्थित एक होटलमा सुरू हुने क्यानका एक सदस्यले अनलाइनखबरलाई जानकारी दिए ।

उनका अनुसार आजको बैठकमा क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा, नेपाल टी-२० लिग आयोजनाका लागि सेभेन थ्री स्पोर्टससँग भएको सम्झौता तथा टी-२० लिगमा भएको विवाद लगायतबारेमा बैठकमा छलफल हुने छ ।

‘मुख्य एजेन्डा यिनै हुन् । तर, यसबाहेक आजको बैठकमा विभिन्न १०(१२ वटा जति एजेन्डामा छलफल हुने भन्नेछ,’ ती सदस्यले भने ।

काठमाडौंदेखि पोखरा आएको क्यान पदाधिकारीले मंगलबार बिहान पोखरा रंगशालास्थित क्रिकेट मैदानको अवलोकन पनि गरेका छन् ।