‘गृहमन्त्री कसलाई बनाउँदै हुनुहुन्छ ? बनेपछि थाहा भइहाल्छ नी – प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । माओवादी केन्द्रको पदाधिकारी बैठक सकेर पेरिसडाँडाबाट निस्कने क्रममा सञ्चारकर्मीले प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरे– ‘गृहमन्त्री कसलाई बनाउँदै हुनुहुन्छ ?’ सञ्चारकर्मीले प्रश्न गर्दा नगर्दै प्रधानमन्त्री प्रचण्ड आफ्नो सवारी साधनतर्फ अगाडी बढे । तैपनि सञ्चारकर्मीले छाडेनन् र पुन प्रश्न गरे ।

‘बनेपछि थाहा पाउनुहुन्छ’, तीन शब्दमा प्रचण्डले जवाफ दिए । त्यसपछि सञ्चारकर्मीले दोस्रो प्रश्न गरे । राष्ट्रपतिमा के भयो ? तर प्रधानमन्त्री प्रचण्डलाई यो प्रश्न सोध्दासोध्दै प्रधानमन्त्री प्रचण्ड गाडीमा चढेर हिडिसकेका थिए ।