अमेरिका सबैभन्दा प्रभावित देश, हालसम्म ७५ हजार ६ सय ४९ जनाको मृत्यु

२६ वैशाख, काठमाडौं । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ हजार नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा ७५ हजार ६४९ जनाको मृत्यु भएको छ ।
अमेरिकाको न्यु योर्क र न्यु जर्सी कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएका छन् । न्यु योर्कमा मात्रै २६ हजार १४४ जनाको मृत्यु भएको छ । त्यस्तै न्यु जर्सीमा ८ हजार ८०७ जनाको मृत्यु भएको जोन हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ ।
अमेरिकामा हालसम्म कूल संक्रमितको संख्या १२ लाख ५६ हजार ७८१ पुगेको छ । जसमध्ये एक लाख ९५ हजार ३६ जना उपचारपछि निको भएर डिस्चार्ज भइसकेका छन् ।
कोरोना भाइरसबा सबैभन्दा बढी प्रभावित देश अहिले सम्म अमेरिका भएको छ ।